नवलपुरमा मृत चितुवा फेला

नवलपुरमा गोली प्रहार गरी चितुवा मारेको पाइएको छ ।  नवलपुरको मध्यविन्दु नगरपालिका– ६ मा रहेको नवदुर्गा सामदायिक वनमा बाँसको झ्याङनिर अन्दाजी चार वर्षीया पोथी चितुवा मृत भेटिएको हो  ।

डिभिजन  वन कार्यालय नवलपुरका वन अधिकृत भेषबहादुर महतोका अनुसार चितुवाको टाउको, घाँटी र पिँडुलामा चोट लागेको छ ।

बुधबार बिहान जंगलमा च्याउ खोज्न जानेले  देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए । उक्त चितुवा मुचुल्का तयार पारी पोस्टमार्टमका लागि डिभिजन वन कार्यालय नवलपुर ल्याइएको छ ।