जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।असोज १२ गते नेपालगञ्ज उपमहानगरपालिका–१७ चौलिका चोकमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारत, पिलिभित जिल्ला पुरन थाना पुरनपुर घर बताउने २६ वर्षीय मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम, खलङगा नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश खड्कालाई नियन्त्रणमा लिएको हो।उनीहरूबाट शुद्ध तौल ४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको जिल्ला प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिएको छ । जनाएको छ।