डा. संगीता मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुने

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा डा. संगीता मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुने भएकी छन्।

कार्कीले आइतबार साँझ स्वास्थ्य मन्त्रीका रूपमा मिश्रको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। उनीसहित नयाँ नियुक्त हुने पाँच जना मन्त्रीको सोमबार शपथ हुनेछ।

मिश्रले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिइसकेकी छन्।