एमएडब्ल्यु फाउण्डेसनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण

एमएडब्ल्यु फाउण्डेसनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । आइतबार वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै फाउण्डेसनले एक कार्यक्रमकाबिच कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई १० थान मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष  काठमाडौँ  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो  ।