सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् ।

आइतबार  प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले
खरेललाई सञ्‍चारमन्त्रीमा नियुक्त गरेका हुन् ।पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।