आजको मौसम

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । राति संखुवासभा र धनकुटामा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी र बागमतीका केही स्थान, मधेश र गण्डकीका थोरै स्थान तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।