कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ

 

जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ परेका छन्।

यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए ।