फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल आज बिहीबारबाटै बन्द गर्न सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन

नेपालमा सूचीकरण नभएका फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल आज बिहीबारबाटै बन्द गर्न सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले मन्त्रिपरिषद् बैठकको निर्णय र सर्वोच्च अदालतको आदेश अनुसार ती सामाजिक सञ्जाल नेपालमा निष्क्रिय पार्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । यसअघि सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत हुन अन्तिम पटकका लागि सात दिनको समय दिएको थियो । मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर दिइएको उक्त समयावधि बुधबार गुज्रिएको छ ।