एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

शनिबार बिहान पुनको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल, महाराजगञ्ज निधन भएको एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले बताए ।

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो ।

पहिलो अपरेशनमार्फत पुनले छोरीलाई जन्म दिएकी थिइन् । दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।