बाँके प्रहरीले एक सय एक ग्राम लागु औषध ब्राउनसुगरसहित एक पक्राउ

बाँके प्रहरीले एक सय एक ग्राम लागु औषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा चेकजाँच गर्दा नेपालगन्ज उपमहानगरपालिका १६ का २१ वर्षीय रियाज खानलाई एक सय एक  ग्राम लागु औषध ब्राउनसुगरसहित पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

खानले चलाइरहेको रातो रंगको पल्सर यु.पी ३२ एन यु ७४३५ नम्बरको भारतिय मोटरसाइकल समेत बरामद गरेको उनले बताए ।पचपोखराबाट नेपालगन्जतर्फ आउँदै गरेका खानलाई जानकी गाउँपालिक १ बाट पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।