मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन कमजोर भएको छ। यसको प्रभावले कोशी प्रदेशको पहाडी क्षेत्र, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा छ ।हाल बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।