सरकारी गाडी प्रयोगमा कडाई

सरकारले सरकारी गाडी प्रयोगमा कडाई गर्ने भएको छ । सोमबार बसेको सचिवहरुको बैठकले पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु फिर्ता गराउने निर्णय गरेको हो ।

यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्न भनिएको छ । साथै सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरुलाई भनिएको छ ।