धनगढीमा गएराति भीषण आगलागी हुँदा आठ वटा सटरमा क्षति

धनगढीमा गएराति भीषण आगलागी हुँदा आठ वटा सटरमा क्षति पुगेको छ । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पु¥याएको हो ।

हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।आइतबार राति करिब १०ः ४५ बजे सुरु भएको आगलागी राति १२ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।