जिल्ला सदरमुकाम सिराहास्थित कारागारमा आइतबार अपराह्न साढे तीन बजेतिर कैदीबन्दीहरूबिच दोहोरो झडप भएको छ।
झडपमा १३ जना घाइते भएको प्रारम्भिक सूचना पाएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। उनका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ।
‘घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ,’ उनले भने, ‘अवस्था सामान्य नै भन्ने छ।’ घटनाबारे प्ररम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको उनले जानकारी दिए।