बलात्कार आरोपमा ६२ वर्षीय एक पुरुष पक्राउ परेका छन् । २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तानसेन नगरपालिका–१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पाकै २३ वर्षीया युवतीलाई असार २० गते शुक्रबार जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई लहरेपीपलबाट पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।