नेपाली सेनाको जंगीअड्डा दुई सैनिक अधिकारी बर्खास्त

नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।

सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् । यद्यपि, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ ।सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो ।