सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका आधा दर्जनभन्दा बढी डीआईजीहरूलाई पछि पार्दै ठाडा मगर दोस्रो नम्बरबाट सिफारिस भएका थिए ।