टिकटकर रमा बस्नेत पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
उनले टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्था लक्षित तथ्यहिन विषयहरु प्रस्तुत गरेको पाइएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।उनको घर भने खोटाङको हलेसीतुवाचुङ नगरपालिका–६ रहेको प्रहरीले बताएको छ ।