नागढुंगाबाट २७४.८३ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । झापाको काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा भारत पश्चिम बंगालका ३१ वर्षीय महादेव सामन्त २७४.८३ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको जानकारी दिए ।