गोली प्रहार गरी एक जनाको हत्या

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ ।

५० वर्षीय कान्तालाल चौधरीको गोली हानी हत्या भएको हो ।

सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार घटनामा कान्तालालका भाई रामाकान्त घाइते भएका छन् ।

४/५ जनाको समूहमा आएको एक समूहले बिहीबार राति चौधरीको घरमा लुटपाट गरेको थियो ।

लुटेरा समूहको प्रतिकार गर्दा धारिलो हतियार र गोली प्रहार भएको खतिवडाको भनाइ छ । प्रहरीले घटनास्थलबाट ३ राउन्ड गोली र एउटा खोका बरामद गरेको छ ।