१७ वर्षीया पाकिस्तानकी टिकटक स्टार सना युसुफको हत्या

एक १७ वर्षीया पाकिस्तानकी टिकटक स्टार सना युसुफको हत्या भएको छ । उनको सोमबार इस्लामाबादस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको हो ।पकिस्तानको एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार, सनालाई नजिकैबाट अज्ञात आक्रमणकारीले गोली हानेको बताइएको छ ।उनको घरमै प्रवेश गरी गोली चलाएर आक्रमणकारी भागेको द हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।