काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता

राजावादी तथा राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले सोमबार काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए ।

तर, प्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जानकारी दिएको छ ।