नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह नजिकै लागू औषध ब्राउन सुगरसहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुरेश मल्ल कोहलपुर न. पा. –५ एन. सि.सि चोक बस्ने २५ वर्षीय सुरेश मल्ल रहेका छन्। शंकास्पद अवस्थामा चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो। बाँकेका एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएको छ। बरामद पदार्थको शुद्ध तौल ८०० मिलि ग्राम रहेको छ।थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगेर थप अनुसन्धान सुरु गरेको बताइएको छ।