पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाइ

जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाइ पाएका छन् ।मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो । २०८१ वैशाखमा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

वि.सं. २०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकर्ता जलाएको अभियोग आलममाथि थियो ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो ।

त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलममाथि लागेको थियो। (रास्स)