नगद र सुन चाँदीसहित भारतीय नागरिक पक्राउ

कोटेश्वरबाट प्रहरीले नगद र सुन चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुन गाल्ने कारखानामा छापा मारेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त मगर छन् । कारखानाबाट  २८ लाख ९३ हजार नगद बरामद गरेको छ । ९ केजी ५ सय ग्राम चाँदी र अवैध तरिकाले संकलन गरिएको ७ सय ३४ ग्राम सुन पनि प्रहरीले बरामद गरेको छ ।