ठुलो परिमाणको प्रतिवन्धित  ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्साको  वीरगन्ज महानगरपालिका–२ भगुवाबाट सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) प्रतिवन्धित औषधि ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको छ ।

उक्त लागूऔषध सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले आज दिउँसो बरामद गरेको हो ।बरामद लागूऔषध आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।