मनसुनजन्य विपद् प्रतिकार्य योजनाको लागि तयारी हालतमा रहन निर्देशन :सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सबै युनिट कमाण्डरहरुलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाको लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार अतिरिक्त महानिरीक्षक पौडेलले अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा विपद् व्यवस्थापनका सामानहरू तयारी हालतमा राख्नुकासाथै विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न निर्देशन दिएका हुन् ।