करेन्ट लागेर १ जनाको मृत्यु

काभ्रेमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दीका अन्दाजी २८ वर्षीय उज्वल नेपाली (परियार) रहेका छन् ।शनिबार बिहान ११:३० बजेको समयमा धुलिखेल नगरपालिका ७ सञ्जीवनी चोकस्थितमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।