पूर्वी नवलपरासीमा एक पुरूको शव भेटिएको छ।
शुक्रबार बिहान पूर्वी नवलरासीको गैडाकोट नगरपालिका-६ पारिजात पार्कनजिकै नारायणी नदीले बगाउँदै ल्याएको अवस्थामा पुरूषको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता डिएसपी मधु नेपालका अनुसार नदीमा माछा मार्न गएका एक स्थानीयले बगाउँदै गरेको शव भेटेका थिए।