आर्थिक अपराधको चाप बढेपछि यो विषयको अनुसन्धान गर्न भन्दै छुट्टै इकाइको स्थापना गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले १७ वैशाखदेखि आर्थिकसम्बन्धी अपराधको अनुसन्धान गर्ने भन्दै आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले इकाइ गठन गरिएको बताउँदै अहिले एसएसपीले कमान्ड गर्ने बताए ।
उनका अनुसार अहिले एसएसपी होबिन्द्र बोगटीले यसको कमान्ड गरेका छन् । यो इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन् । गृहमन्त्रालयबाट स्वीकृत भइसकेकाले छुट्टै इकाइ गठन गरेर काम सुरु गरिएको उनले बताए ।