कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बीओपी) नहुँदा सुरक्षा चुनौती बढेको छ ।
बिओपी नहुँदा सीमामा असुरक्षित महशुस गरेको स्थानीय सिद्धराज ओझाले बताए । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी हुने र लागु औषधको ओसार पसार वृद्धि भइरहेको स्थानीयको गुनासो छ ।
सीमापारीबाट आउने आपराधिक समूहले गोठमा बाँधेका गाई र भैँसी रातीको समयमा चोरेर लैजाने गरेको स्थानीयले बताए । ‘हामी सीमामा सचेत भएर बसेका छौँ’, ओझाले भने । उनले बिओपी स्थापनाका लागि बाटोसहित दश कठ्ठा जग्गा दान गरेका थिए ।