धादिङमा वृद्धमाथि खुकुरी प्रहार

धादिङमा ८८ वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ।

बिहीबार दिउँसो १ बजेतिर निलकण्ठ नगरपालिका-९ नियालपानी बस्ने ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।