सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी नायब महानिरीक्षक कालिदास धौवजीलाई दिइएको छ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनिपतिको जिम्मेवारीमा सरुवा भएपछि धौवजीलाई उक्त जिम्मेवारी दिइएको हो।