(नेपाल क्राईम)
लुम्बिनी प्रदेश प्रहरीले प्रहरी जवान प्रकाश नेपालीलाई नगदसहित सम्मान गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका डीआईजी दानबहादुर कार्कीले प्रहरी जवान नेपालीलाई नगद ७ सय रुपियाँसहित पुरस्कृत गरेका हुन् । बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन सहज बनाउन खटिएका प्रहरी जवान (ट्राफिक) नेपालीलाई कार्यसम्पादनको मूल्यांकन गर्दै पुरस्कृत गरिएको सूचनामा उल्लेख छ ।