एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

(नेपाल क्राईम)

ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो ।

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ !