(नेपाल क्राईम)
भारत प्रशासित जम्मु कश्मीरमा मंगलबार एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ । साथै, पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।भारतीय मिडियाका अनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ ।