(नेपाल क्राईम)
अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेको थियो । प्रहरी परिसरका प्रमुख एसपी अपीलराज बोहराका अनुसार, सोही दिन साँझ सबैलाई छोडिएको हो ।
रिहा हुनेहरूमध्ये अध्यक्ष लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चा अध्यक्ष कैलाश कटवाल रहेका छन् ।