(नेपाल क्राईम)
कैलाली प्रहरीले एक किशोरीसहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लागु औषध खैरो हेरोइन फेला परेसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । लागु औषध कारोबार भइहरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।