आफ्नै छोरीलाई करणी गरेको आरोपमा आफ्नै बुवा पक्राउ

(नेपाल क्राईम)

आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले  चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो ।

बाल यौन शोषण सामग्री सहितको भिडियो भएको मोबाइल पनि प्रहरीले  नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ ।