वनभित्र महिलाको शव फेला

(नेपाल क्राईम)

धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सोमबार दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए ।