डीआईजी दानबहादुर  कार्कीद्वारा मौला र संकल्प पूजा

(नेपाल क्राईम)

दाङका प्रहरी प्रमुख (डीआईजी) दानबहादुर कार्कीले मौलापूजा गरेका छन् ।

शनिबार कार्कीले चैते दशैंको शुभ अवसरमा मौलो पूजा सम्पन्न गरेका हुन् । प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैत्राष्टमी (चैते दशैं)को शुभ अवसरमा कार्कीले मौलोको पूजाअर्चना तथा सङ्कल्प पूजा आरधना समेत गरिएको प्रहरीले जनाएको छ ।