आईजीपी दीपक थापाले चैते दशैंका अवसरमा मौलोमा पूजाअर्चना सम्पन्न

(नेपाल क्राईम)

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले चैते दशैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

 

शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा आईजीपी थापाले पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका हुन् । नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाएका छन् ।

थापाले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका छन् ।