१० वर्ष कैद सजाय तोकिएर फरार रहेकी महिला पक्राउ

(नेपाल क्राईम)

मानव बेचबिखन कसूरमा १० वर्ष कैद सजाय तोकिएको फरार भएकी एक महिला  पक्राउ परेकी छन्।

इलामको माई नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-९ बस्ने २८ वर्षीय चिनीमाया लिम्बू भनिने चिनमाया लामा लिम्बू पक्राउ परेकी हुन्।

उनलाई टोखा नगरपालिका-९ बाट मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।