नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा नेपालगन्ज वीपी चोकमा आयोजित श्रद्धाञ्जली तथा विरोध सभा

  (महेन्द्र सिंह )

पत्रकारको हत्या र मिडियामाथि भएको आक्रमणको विरोधमा बाँकेका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छ्न।

नेपाल पत्रकार महासंघ बाँके शाखा द्वारा आज वीपी  चोकमा विरोध ऱ्यालीको साथ हत्यारालाई कारवाहीको माँग गर्दै जिल्ला भरीका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन।

पत्रकारहरूले दोषीलाई कारबाही गर सञ्चारमाध्यममाथि आक्रमण बन्द गर प्रेस स्वतन्त्रता जिन्दावाद पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

कोणसभामा नेपाल पत्रकार महासंघ बाँकेका  अध्यक्ष नबिन गिरि  पत्रकार   कमल डाँगी , प्रिया स्मृति ढकाल,  लगायतका पत्रकारहरुले सम्बोधन गर्दै जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग र संविधानअनुसार पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न सरकारलाई दबाब दिने चेतावनी दिएका छ्न।

काठमाडौँको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको थियो।

त्यस्तै, आन्दोलनकारीहरूले विभिन्न सञ्चारमाध्यममाथि आक्रमण गरेका थिए । सो घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन।