(नेपाल क्राईम)
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।
निरीक्षणका क्रममा भौतिक पूर्वाधार, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अभिलेख व्यवस्थापन लगायत विभिन्न पक्षहरूको मुल्यांकन गरिएको थियो।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले कार्यालयको समग्र अवस्था, सुरक्षा व्यवस्था तथा सञ्चालन भइरहेका गतिविधिहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए।त्यसपछि, मल्लले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू तथा मातहतका युनिट इन्चार्जहरूलाई आवश्यक निर्देशन प्रदान गर्दै संगठनलाई थप प्रभावकारी बनाउन सुझाव दिए।