धनगढी छाडेर नेपालगन्ज बस्ने आदित्य कुमार अग्रवालका २ नागरिकता
सोमबार, चैत्र ११, २०८१
(नेपाल क्राईम)
भारतीय नागरिक आदित्य कुमार अग्रवालले नेपाली नागरिकता पनि लिएको खुलेको छ। सोही आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमामा जाहेरी पनि परेको बताइएको छ।
भारतीय मूलका नागरिक अग्रवाल पहिले धनगढीस्थित एलएनचोक बस्थे भने अहिले नेपालगन्जमा बस्छन्।
अग्रवाल भारत उत्तर प्रदेश, गौतम बुद्ध नगरका स्थायी बासिन्दा हुन्। उनी हाल नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा बस्दै आएका छन्।
जाहेरीमा उल्लेख भएअनुसार, अग्रवालले भारतीय आधार कार्ड लिइसकेको प्रमाण भए पनि उनले नेपालमा नागरिकता लिई औषधि लगायतका व्यवसाय सञ्चालन गरिरहेका छन्। साथै, उनले नेपाल र भारत दुवै देशको सेवा–सुविधा लिएको दाबी गरिएको छ।(रास्स)
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।