ब्राउन सुगरसहित एक युवक  पक्राउ

(नेपाल क्राईम)

दाङ प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको राजपुर गाउँपालिका – ६ गंदीखोला २८ वर्षीय दीपक पुन पक्राउ परेका छन्।

प्रहरीले उनलाई घोराही उपमहानगरपालिका – १७ का कटुवा खोला नजिक बाट पक्राउ गरेको थियो।

सुराकको आधारमा पुगेको प्रहरीले कटुवा खोला क्षेत्रबाट पुनलाई शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले बताएको छ।

पुनको खानतलासी गर्दा २ ग्राम १६० मिलीग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसी चक्रबहादुर शाहीले बताए।