आज तराई जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै

(नेपाल क्राईम)                                                           आज तराई जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज शुक्रबार तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।