काठमाडौं शिवपुरी जंगलमा एक पुरूष मृत भेटिए

(नेपाल क्राईम)

काठमाडौं शिवपुरी जंगलमा एक पुरूष मृत भेटिएका छन्।

तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा महर्जन मृत भेटिएका हुन्।

उनलाई मंगलबार तार्केश्वर नगरपालिका-३ को पाँचमाने शिवपुरी जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।