(नेपाल क्राईम)
वाग्मती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा मकवानपुर थाहा नगरपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७, माकलबारी बस्ने १९ वर्षीय पेम्बा लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।